जनकपुरधाम, २८ जेठ । धनुषा प्रहरीले चोरी भएका सामानसहित एकजना चोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमान नगर बस्ने २३ वर्षीय राजेश मण्डल रहेका छन् ।

स्थानीयको सहयोगमा प्रहरी चौकी हनुमाननगरबाट सादा पोशाकमा खटिएको बिशेष टोलीले मोवाईल २ थान, नेपाली २ हजार, भारतीय ८७०, चाँदीको पाउजु २ थान, कानमा लगाउने मुन्द्रा १ थान र पर्स १ थानसहित चोरी गरी भाग्दै गरेको अवस्थामा मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।