जनकपुरधाम, २८ जेठ । धनुषा प्रहरीले आगलागी मुद्दामा ४ बर्ष कैद भएका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको साविक भुईचकरपुर गाविस–८ बस्ने कामेश्वर महरा र योगेन्द्र महरा रहेका छन् ।

प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरी टोलीले आगलागी मुद्दामा ४ वर्ष कैद भएका फरार प्रतिवादीद्वय महरालाई आइतबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएको धनुषा प्रहरीले जनाएको छ ।