अतिक्रमणमुक्त सडक सभ्यता कायम गर्न जनजागरण अभियान

जनकपुरधाम, २६ जेठ । जनकपुरधाममा अतिक्रमणमुक्त सडक सभ्यता कायम गर्न क्याम्पसचोकस्थित निर्मलादेवी मेमोरियल अस्पतालदेखि राराब क्याम्पसको मुलगेटसम्मको सडकपेटी खाली गराइएको छ । शुक्रबार बिहान सडकपेटीमा राखिएका निर्माण सामग्री पनि हटाइएको हो ।
सडकछेउ, फूटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री थुपार्ने, ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदलयात्रीलाई आवागमनमा समस्या भएकोले उपमहानगरले फूटपाथ अतिक्रमणमुक्त अभियान सुरू गरेको छ ।

ठेला व्यवसायलाई पनि व्यवस्थित गर्न उपमहानगरले काम अघि बढाएको छ । फूटपाथ अतिक्रमण गरेर राखिएको बालुवा, गिट्टी र अन्य निर्माण सामग्री हटाइएका छन् ।
साथै विद्यालय एवं चिकित्सालयहरुलाई सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्न जनकपुर नागरिक समाजद्वारा जनजागरण अभियान पनि सञ्चालन गरिएको जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले बताए ।
सो अभियानअन्तर्गत जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्र, राराब क्याम्पसका प्रमुख प्रदिप कुमार प्रसाद, राराबका विजय कुमार सिंह, पूर्वप्राध्यापक शम्भुनाथ झा, बुद्धिजीवी युगल कान्त चौधरी, मधेस आन्दोलनकर्ता भरत राय स्वामी, स्थानीय बेचन मुखिया, रामस्वार्थ यादव, राराबका स्ववियु सभापति मनिषकुमार यादव, हनुमाननगर प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सुनकाजी तमाङ्ग, अस्थायी ट्राफिक पोष्ट हनुमाननगरका ट्राफिक प्रहरी खेम बहादुर परियारलगायतकाहरुको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


