आफ्नै शिशुको हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं, २४ जेठ । आफ्नो १४ दिने शिशुको हत्या गरेको आरोपमा एक पिता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका हुन् ।
१४ दिने छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको रेग्मीले बताए ।
पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि बारा पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


