सप्तरीका एक वडाध्यक्ष ५० हजार रुपैयाँ घुससहित पक्राउ

सप्तरी, २३ जेठ । सप्तरीका एक वडाध्यक्ष घुस रकमसहित पक्राउ परेका छन् ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर–५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको जनाएको छ ।
घुस लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


