वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ

महोत्तरी, २२ जेठ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति महोत्तरीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नेविसंघ महोत्तरीले महोत्तरीको मटिहानी नगरपालिकास्थित नेपाल संस्कृत विश्वविद्यालय या.ल.ना विद्यापीठको प्रांगनमा वृक्षारोपन गरेको हो ।

‘रूख रोपौं वातावरण जोगाऔं’ भन्ने उद्देश्यका साथ सरसफाइ एवम् वृक्षारोपण गरिएको नेविसंघका विद्यार्थी नेताहरुले बताए ।
आज (जुन–५) तारिकका दिन विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा आजका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा तय गरेर यसको ‘थिम’ भित्र रहेर देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


