यातायात कार्यालय जनकपुरबाट एक बिचौलिया पक्राउ

जनकपुरधाम, २१ जेठ । धनुषा प्रहरीले यातायात कार्यालय जनकपुरधामबाट एक बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ जमुनिया बस्ने २६ वर्षीय पुनित यादव रहेका छन् ।
आइतबार दिउँसो करिब साढे १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


