करिब १२ लाख मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद

जनकपुरधाम, १९ जेठ । धनुषा प्रहरीले लाखौं मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका किराना सामग्री, लत्ताकपडालगायत ४ थान मोटरसाइकलसमेत बरामद गरेको हो ।
प्रहरीले ११ लाख ७० हजार ६६० रूपैयाँ मूल्य बराबरका सरसामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बरामद गरिएका सामानहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


