सर्लाहीबाट स्रोत नखुलेको रकमसहित पाँचजना पक्राउ

सर्लाही, १९ जेठ । सर्लाहीबाट स्रोत नखुलेको रकमसहित पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगरपालिका–१ घर भई मलंगवाको बाबा अटो सर्भिसमा काम गर्ने ३१ वर्षीय नुरहसन साह रहेका छन् ।
जिल्लाको मलंगवा नगरपालिकाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मोटरसाइकलभित्र लुकाएर राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार पंजियारले स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


