सप्तरी, १७ जेठ । सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–४ चटी टोलस्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको हो ।

मृत्युु हुनेमा स्थानीय धर्मेन्द्र पासवानका ११ वर्षीय छोरा सुभाष कुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।