विराटनगरमा ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

मोरङ, १४ जेठ । मोरङको विराटनगरमा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको छ । कोशी प्रदेश खारेजीको माग राख्दै आइतबार भएको प्रर्दशनका क्रममा विराटनगरस्थित प्रदेशसभा अगाडि झडप भएको हो ।
प्रदर्शनका क्रममा पहिचान पक्षधरले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले दर्जनौँ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् ।
आइतबारदेखि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशन सुरु हुने क्रममा पहिचान पक्षधरले अवरोध गरेपछि भिडलाई तितरबितर बनाउन प्रहरीले पानीको फोहरा पनि हानेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


