जनकपुरधाम, १३ जेठ । जनकपुरधाममा मर्क जुद्दाराजतिस सुन्नीय मदर्शा गुलशने अजमेरीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित मर्क जुद्दाराजतिस सुन्नीय मदर्शा गुलशने अजमेरीमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा ४ जना महिला र २६ जना पुरुष गरी कूल ३० जनाले रक्तदान गरेको मुस्लिम समुदायका अगुवा साजिद हुसैनले जानकारी दिए ।

मदर्शाका अध्यक्ष नजामुद्दिन कादरी कलिमिले यस मदर्शले समय समयमा रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो रगत अभावलाई मध्यनजर गर्दै आज पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

मदर्शाका प्रिन्सिपल शौकतअलि मिसवाहीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

विनाविभागीय राज्यमन्त्री शेख अबु कलाम आजादको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।