धनुषाबाट अवैध वालुवा उत्खनन कार्यमा संलग्न ७ जना पक्राउ

जनकपुरधाम, १२ जेठ । धनुषा प्रहरीले रातिको समयमा अवैध वालुवा उत्खनन कार्यमा संलग्न ७ जनासहित ४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका–५ बस्ने २३ वर्षीय कृष्णकुमार महतो, २४ वर्षीय ईन्द्रजित यादव, ३२ वर्षीय कृष्णकुमार महतो, ३८ वर्षीय श्रीलाल महतो, ४४ वर्षीय रामबहादुर घिसिङ, २४ वर्षीय ईन्द्रजित महतो र ३५ वर्षीय रोहित महतो रहेका छन् ।
मिथिला नगरपालिका– ५ स्थित औरही खोलामा नदीजन्य पदार्थ बालुवा/गिट्टी अवैध रूपमा उत्खनन भइरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षब बेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरुको साथबाट ज १ त २५९२ नम्बरको खाली ट्याक्टर, ज १२ प १५५५, ज ८ प ८८८५ र प्रदेश २–०२–००१ प ०६४९ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको डीएसपी गौतमले बताए ।
उनीहरुले पक्राउ गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । यही खेलामा अवैध उत्खननको विरोध गर्दा तीनवर्ष अघि श्रीपुरका दिलीप महतोको हत्या भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


