राजविराजस्थित शिव स्कुलमा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु, छानविनको माग गर्दै प्रदर्शन

सप्तरी, १२ जेठ । सप्तरीको राजविराजस्थित एक संस्थागत विद्यालयमा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको राजविराज नगरपालिकास्थित कुनौली रोडमा रहेको शिव इन्टरनेसनल बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका– १ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका १५ वर्षीय छोरा पेशलानन्द यादवको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार शुक्रबार विद्यालयले नियमित रूपमा आयोजना गर्दै आएको खेलकुद प्रतियोगिताका लागि पेशलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्नका लागि खटाइएको थियो ।
हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।
यता, करेन्ट लागेर विद्यार्थीको मृत्यु भएपछि स्थानीयले घटनाको छानविनको माग गर्दै प्रदर्शन गरेका छन् ।
घटनापश्चात् मृतकका आफन्त तथा विद्यार्थीहरुले विद्यालयको लापरबाहीले सो घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विद्यालय अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका थिए ।
उनीहरुले घटनाको छानविन गरि दोषीमाथि कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।
स्थानीयले विद्युुत चोरी गर्नु आफंैमा कानूनी अपराध रहेको र त्यसमा पनि शैक्षिक संस्था जस्तो संवेदनशिल क्षेत्रले यस्तो काम गर्नु ठुलो अपराध रहेको बताए । विद्यालयले दुई÷चार सय रुपैयाँ बचाउने चक्करमा देशको एउटा होनहार विद्यार्थी यस संसारबाट बिदा भएको स्थानीयको दुःखेसो छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


