जनकपुरधाममा स्कुल बसको ठक्करबाट दुईजना घाइते

जनकपुरधाम, ७ जेठ । जनकपुरधाममा स्कुल बसको ठक्करबाट दुईजना घाइते भएका छन् ।
आइतबार दिउँसो साढे २ बजे जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा जनकपुरधामबाट रुपैठा गइरहेको शुभतारा इङ्गलिश र्बोडिङ्ग स्कुलको बसले ठक्कर दिँदा दुईजना घाइते भएका हुन् ।
जनकपुरधामबाट रुपैठा गइरहेको प्रदेश–२–००१ क ०७३७ नम्बरको स्कुल बसले ज १२ प ८९३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नगराइन नगरपालिका–१ हाँसपट्टी बस्ने ३० वर्षीय शम्भु पण्डित र मोटरसाइकलको पछाडी सवार उनका श्रीमति २८ वर्षीय अंजिला पण्डित घाइते भएका छन् ।
घाइते दुबैजनाको हात, खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय फुलगामाले जनाएको छ ।
बस र चालक हंसपुर नगरपालिका–२ बघचौडा बस्ने ४५ वर्षीय धनेश्वर मण्डल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


