जनकपुरधाम, ५ जेठ । जनकपुरधाममा भ्रष्टाचारविरुद्ध सार्वजनिक जनजागरण कार्यक्रमको आयोजना गरिएको छ ।

ॐ सनातन संस्कृति नेपालले शुक्रबार बिहान स्थानीय जनकचोकमा विभिन्न ३ बुँदे मागसहित जनजागरण कार्यक्रमको आयोजना गरेको हो ।

जनजागरणमा सहभागीहरुले जनकपुरधाममा अवस्थित मठ मन्दिर जस्ता सार्वजनिक एवम् धार्मिक सम्पत्ति र सम्पदाहरुलाई अतिक्रमणमुक्त गर्नुपर्नेलगायतका माग गरेका थिए ।

ॐ सनातन संस्कृति नेपालका संयोजक राजु जयसवालले धार्मिक परिक्रमा क्षेत्रलाई मास मदिरामुक्त क्षेत्र घोषणा गर्नुपर्ने र विद्यालय एवम् चिकित्सालयलाई सुर्तिजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।

जनजागरणमा रा.रा.ब.क्याम्पस जनकपुरधामका प्राध्यापक शम्भुनाथ झा, दुधमति सफाइ अभियन्ता लक्ष्मण गिरी, हिन्दु परिषद नेपालका मधेस प्रदेश अध्यक्ष शत्रुधन साहलगायत नागरिक समाजका मुरली मनोहर मिश्र, डा.संजय गुप्ता, बिमलेश मण्डल, बिजय राज गुप्ता, जयकिशोर ओझा, भोगी पण्डित, राकेश महतो, प्रकाश झा, चन्दन यादव, सतिस साह, रामचन्द्र साह, राम लगन पाण्डेय, देशपाल सिंह हमाल, धर्मेन्द्र साहलगायतकाहरुको सहभागिता रहेको थियो ।

जनजागरण कार्यक्रमको सञ्चालन सम्राज नेपालीले गरेका थिए ।