जनकपुरधाम, ३१ बैशाख । २०५० सालमा प्रहरी जवानबाट जागिरे जीवनको शुरुवात गरेका प्रहरी बरिष्ठ नायब निरीक्षक रामलाल यादव प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् ।

यादवलाई प्रहरी नियमावली २०७१ को नियम १२९ को उपनियम २ को (२ क) (क) बमोजिम गृह मन्त्रालयले प्रहरी निरीक्षक पदमा पदोन्नती गरेको हो ।

गृह मन्त्रालयको बैशाख २१ गतेको सचिवस्तरीय निर्णय अनुसार यादवलाई आइतबारदेखि लागू हुनेगरी बढुवा गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको आदेशानुसार इलाका प्रहरी कार्यालय समनपुर रौतहट दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक यादवलाई प्रहरी निरीक्षक पदमा पदोन्नती गरिएको हो ।

प्रहरी निरीक्षक यादवलाई आइतबार धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले दर्ज्यानि चिन्ह प्रदान गरेका छन् ।