सर्लाही, २८ बैशाख । सर्लाहीमा एक भारतीय युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

शरीर र टाउको अलग भएको अवस्थामा भारत बिहार राज्यको सितामढी ग्रामपञ्चायत सोनबरसा–९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ सिकुको शव फेला परेको हो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ पथरा पुल भन्दा ५ सय मिटर पूर्व मसलाको रुख भएको झाडिमा घाँटी पूर्णरुपमा छिनाई मृतकको लासभन्दा २०/२५ मिटर पूर्व दुरिमा फेला परेको खबर स्थानीय जानकारी गराएपछि प्रहरी टोलि पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिए ।

घटनास्थलको मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।