अबैध रुपमा ल्याइएका पौने ६३ लाख बराबरको आयुर्वेदिक औषधि बरामद

सिरहा, २८ बैशाख । सिरहा प्रहरीले भारतबाट अबैध रुपमा ल्याइएका पौने ६३ लाख बराबरको आयुर्वेदिक औषधि बरामद गरेको छ ।
जिल्लाको लहान नगरपालिका–६ घर भई वडा नम्बर–१ बस्ने रवीन्द्रकुमार साहले भारतबाट भन्सार छली गरी औषधि ल्याएर राखेको गोप्य सूचनाको आधारमा उनको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला तथा इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीले साहको घरको बरण्डामा भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याइएका अन्दाजी ६२ लाख ७५ हजार मूल्य बराबरको औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
बरामद गरिएका आयुर्वेदिक औषधिहरू भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


