सिरहामा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु

सिरहा, २८ बैशाख । सिरहामा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
जिल्लाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत मजदुर भारतको मध्यप्रदेश सतना जिल्ला स्थायी घर भएका २५ वर्षीय अनुराग तिवारीको मेसिन मर्मत गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको हो ।
कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका बेला बेल्डले लागेर तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मेसिन मर्मत गर्ने क्रममा बेल्टले दाहिने पाखुरा काटिएर घाइते भएका उनलाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


