सप्तरी, २७ बैशाख । सप्तरीमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

आरोपितले ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने र पीडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

२०७९ मंसिर १ गते राति १३ वर्षीया ति बालिकलाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरेर फरार भएको पीडितले बताए । मंसिर २० गते आरोपित युवक पक्राउ परेका थिए ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।