सिरहा, २५ बैशाख । सिरहा प्रहरीले १४ किलो गाँजासहित दुईजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका–१ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बर–२ का ३६ वर्षीय श्यामकुमार साह रहेको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका–४ शिवमन्दिर नजिकबाट १३ किलो ८४० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

प्रदेश–२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र र प्रदेश–२–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित श्यामकुमारलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।