जनकपुरधाम, २४ बैशाख । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले प्रादेशिक अस्पताल जनकपुरधामको विद्युत जडान गरेको छ ।

विगत १५ महिनादेखि बाँकी रहेको १ करोड २० लाख रुपैयाँ विद्युत महसुस नबुझाएकाले प्राधिकरणले आइतबार दिउँसो अस्पतालको विद्युत काटेको थियो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले बैशाख महिनाभित्र सामाजिक विकास मन्त्रालयबाट अनुदानको २ करोड रुपैयाँ प्राप्त भएपछि महसुल तिर्ने लिखित प्रतिबद्धता जनाएपछि लाइन जोडिएको प्राधिकरणका प्रमुख लखनलाल मल्लिकले जानकारी दिए ।

विद्युत महसुल तिर्न पटक पटक पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले आइतबार दिउँसो अस्पतालको लाइन काटेको थियो ।