महोत्तरीबाट २०७ किलो अबैध लागूऔषध गाँजा बरामद

महोत्तरी, २२ बैशाख । महोत्तरी प्रहरीले २०७ किलो अबैध लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर–४ स्थित पूर्वपश्चिम लोकमार्गमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलिले सो परिमाणको गाँजा बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०२–००१ च ०४५७ नम्बरको स्कारपियो गाडि प्रहरी टोलिलाई देख्नासाथ गाडी सोहि स्थानमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
स्कारपियोलाई चेकजाँच गर्दा ५ वटा सेतो प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकको सानो–सानो पोकाबाट २०७ किलो अबैध लागूऔषध गाँजा फेला परेको डीएसपी गिरीले बताए ।
प्रहरीले गाडी र गाँजा नियन्त्रणमा लिई आवश्यरक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


