घुस रकमसहित प्रहरीका लेखापाल अख्तियारको फन्दामा

महोत्तरी, २२ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक सईलाई ५० हजार नगद र डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो अख्तियारले काठमाडौंको नयाँबानेश्वरबाट घुससहित पक्राउ गरेको हो ।
अख्तियार स्रोतका अनुसार उनी घुस रकम बुझ्नकै लागि महोत्तरीबाट काठमाडौं गएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


