काठमाडौं, २० बैशाख । प्रहरीले बैंकिङ कसूर मूद्दामा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ माघ २७ गते २६ लाख जरिवाना र २ वर्ष कैद सुनाएको थियो । तर उनी फरार रहेका थिए ।