मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु

काठमाडौं, २० बैशाख । काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन् ।
बुधबार दिउँसो करिब १ बजे चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक तामाङको शव पोष्टमर्टमका लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लगिएको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


