शौचालयको भेन्टिलेशन फोडेर फरार भएका थुनुवा २५ दिनपछि पक्राउ

जनकपुरधाम, १९ बैशाख । उपचारका लागि जनकपुरधाम ल्याइएका बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ बस्ने २१ वर्षीय कृष्णा यादव रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी हुँदा गत चैत २४ गते जनकपुरधामस्थित डा. मनोज गुप्ताको क्लिनिकमा उपचारका लागि ल्याइएका बेला क्लिनिकको शौचालयको भेन्टिलेशन फोडेर फरार भएका थिए ।
उनलाई खोजतलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि थुनुवा बन्दी भागे/भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यादवमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्रसमेतको मुद्दामा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


