सन्दीप बने ‘प्लेयर अफ दि टुर्नामेन्ट’

काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियर कपमा नेपाली क्रिकेटर सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।
मंगलबार भएको फाइनल खेलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।
यससँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


