जसपा नेपाल जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारीमा

काठमाडौं, १८ बैशाख । जनता समाजवादी पार्टी नेपाल आगामी जेठ १ गतेदेखि काठमाडांैमा हुने विधान अधिवेशनको तयारीमा जुटेको छ ।
विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न गठित तीन सदस्यीय समितिले प्रस्ताव तयार पारेको हो । विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा तयार पारिएको प्रस्ताव आगामी बैठकमा प्रस्तुत हुनेछ ।
यसअघि चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरिएको भए तापनि उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेपछि अन्तिम समयमा अधिवेशन सारिएको थियो ।
जसपाले सरकारमा सहभागी हुने थप मन्त्रीको टुंगो लगाएको छैन । जसपाले हाल सरकारमा एकजना मन्त्री मात्र पठाएको छ । त्यस्तै, गत मंसिरको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेकामाथि जाँचबुझ गरी छानबिन समितिले प्रतिवेदन बुझाएको थियो । जसपाले उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि आजसम्म त्यसमाथि कुनै निर्णय गरेको छैन ।
प्रतिवेदनमा कारबाहीको सिफारिस गरिएकामा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यदेखि स्थानीय तहका नेता, कार्यकर्तासमेत रहेका छन् । पार्टीका केन्द्रीय प्रचार प्रमुख पूर्ण बस्नेतका अनुसार उपरोक्त प्रस्ताव र प्रतिवेदनमाथि निर्णय लिन पार्टीको बैठक छिट्टै बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


