जनकपुरधाम, १८ बैशाख । आइतबार राति जनकपुरधामको एक घरमा चोरी गर्ने क्रममा दुईजना चोर पक्राउ छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ साकेतनगरस्थित संकटमोचन मन्दिर पछाडि जितेन्द्र ठाकुरको घरमा चोरी गर्ने क्रममा दुईजना चोर पक्राउ परेका हुन् । अन्य दुईजना भने फरार भएको बताइएको छ ।

घरबेटी घरमा नरहेको समयमा आइतबार मध्यराति घरको मूलढोकाको ताला फोडेर घरको दोस्रो तल्लामा चारजना चोर चढेका थिए । प्रहरीले घेरा हालेर पक्राउ गर्न खोजेपछि दुईजना फरार भएका छन् ।

दुईजनालाई भने पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेकाहरु पेशेवर चोर रहेको प्रहरीको आशंका छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । पछिल्लो समय जनकपुरधाममा चोरीको घटना बढेको छ ।