दुबई पठाइदिन्छु भन्दै ३५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, १७ बैशाख । दुबई पठाइदिन्छु भन्दै ३५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २६ वर्षीय मनबहादुर कुमाल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले रोजगारीका लागि दुबई पठाइदिने भन्दै पीडितसँग ३५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


