धनगढी, १६ बैशाख । छोराको हत्या गरेको अभियोगमा प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ ।

२१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महेश कुमारले आफ्नै घर भन्दा अन्दाजी १५० मिटर टाढा जंगलमा छोरा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।