सप्तरी, १६ बैशाख । सप्तरीमा ट्याक्टर दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौकमा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त १८८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडको उत्तर साईडमा पल्टिँदा दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका–३ बस्ने जय प्रकाश चौधरीका १० वर्षीया छोरी लक्ष्मी कुमारी चौधरी, सोही ठाउँ बस्ने ३० वर्षीया गायत्री देवी चौधरी, ३० वर्षीया कविता चौधरी, ६ वर्षीय अनिष चौधरी, ३ वर्षीया आषमिन चौधरी, १२ वर्षीय आदित्य चौधरी, ४० वर्षीया मुर्ति देवी सदा, ४५ वर्षीया बिगनी देवी सदा, ३० वर्षीया चन्द्रकाला चौधरी, २५ वर्षीया कोशिता कुमारी चौधरी, ५५ वर्षीया ढकनि देवी चौधरी, ७६ वर्षीया कीराधा देवी, ४८ वर्षीया प्रमिला कुमारी चौधरी, ६० वर्षीया सरस्वती चौधरी रहेका छन् । उनीहरुको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अग्निसाईर कृष्णासवरण गाउँपालिका–३ बस्ने ४० वर्षीया राज कुमारी चौधरी, उनका १४ वर्षीया छोरी राधिका कुमारी चौधरी, ३५ वर्षीया अनिता कुमारी चौधरी, उनका ११ वर्षीया छोरी ईभा कुमारी चौधरी, ७ वर्षीय छोरा रोशन कुमार चौधरी, ४५ वर्षीया श्याम कुमार चौधरी र ४० वर्षीया सरिता कुमारी चौधरी पनि घाइते भएका छन् । उनीहरुको छिन्मस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।