सर्लाहीमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीनजना घाइते

सर्लाही, १५ बैशाख । सर्लाहीमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीनजना घाइते भएका छन् ।
जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर–१० स्थित एक घरमा शुक्रबार बिहान आगलागी भएको हो ।
सोही ठाउँमा कोठा भाडा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
अहमदको कोठामा आगो सल्किँदा अहमदसहित उनकी ९ महिनाकी छोरी र श्रीमती काजुल मन्सुरी जलेर घाइते भएको डीएसपी सुवेदीले बताए ।
आगलागीको घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


