जनकपुरधाम, १४ बैशाख । धनुषामा एकैदिन दुई पुरूषको शव फेला परेको छ ।

जिल्लाको नगराईन नगरपालिका वडा नम्बर–४ स्थित सडक खण्डमा ५० वर्षीय र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको हो ।

मृतकद्वयको शव पोष्टमाटर्मका लागि प्रादेशिक अस्पताल जनकपुरधामको शवगृह कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

मृतक दुबैजनाको हालसम्म सनाखत हुन नसकेकोले उनीहरूलाई पहिचान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।