श्रीमतीको बञ्चरो प्रहारबाट श्रीमानको मृत्यु

दाङ, १४ बैशाख । दाङमा श्रीमतीको बञ्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।
जिल्लाको बङ्गलाचुली गाउँपालिका–१ स्युजामा बिहीबार बिहान श्रीमती केशरा परियारको बञ्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बञ्चरो प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो ।
केशरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


