नापी कार्यालय धनुषाका कर्मचारीमाथी हातपात

जनकपुरधाम, १२ बैशाख । नापी कार्यालय धनुषाका कर्मचारीमाथी सेवाग्राहीले हातपात गरेको आरोप लगाइएको छ ।
आफ्नो काम नगरिदिएको भन्दै एक सेवाग्राहीले नापी कार्यालयमा कार्यरत दुई कर्मचारीमाथी हातपात गरेका हुन् ।
कार्यालयमा प्रवेश गरेर नरेश यादव (लट्टु) नामक व्यक्तिको नेतृत्वमा आएको समूहले कर्मचारीद्वय दिलिप साह र प्रदीप साहमाथी हातपात गरेको आरोप लगाइएको छ ।
नापी कार्यालय धनुषाका प्रमुख सुमनकिशोर मिश्रले आफूहरु काममा व्यस्त रहेको बेला नरेश लगायतका केही व्यक्तिहरु कार्यकक्षभित्र प्रवेश गरी कर्मचारीमाथि पानीको बोतल प्रहार गर्नुका साथै थप्पड पनि हिर्काएको आरोप लगाए ।
मिश्रले भने, ‘नरेशले आफ्नो ससुराको जग्गाको लालपूर्जा बनाई दिनका लागि एकदिन अगाडि मलाई भनेका थिए । मैले विना सरजमिन कुनै काम नगर्ने भनेपछि भोलीपल्ट कार्यालय भित्र गुण्डाशैलीमा प्रवेश गरेर कर्मचारीमाथी नै हातपात गरेका छन् ।’
फिल्डबुकमा नरेश यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहेपनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सरजमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी कार्यालयका कर्मचारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


