सर्लाही, ११ बैशाख । सर्लाहीमा टाउको किचिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शव मागी खाँदै हिँड्ने महिलाको रहेको खुले पनि उनको नाम ठेगाना खुल्न नसकेको बताइएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर–६ मधु सामुदायिक वन नजिकै भित्री सडकमा टाउको किचिएको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।

लालबन्दी क्षेत्रमा मागी खाँदै हिँड्ने सो महिला राति सडकमा सुतेको बेला गाडीले किचेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।