दाङ, १० बैशाख । दाङमा श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४१ वर्षीय मेघराज केसी रहेको प्रहरीले जनाएको छ ।

केसी घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ ।

मेघराजलाई प्रहरीले वैशाख ८ गते राति साढे ९ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा भानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।

श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरी प्रमुख वलीले बताए ।

आरोपी केसीले वैशाख १ गते राति १० बजेको श्रीमतीलाई हत्या गरी शव घरको बारीमा गाडेका प्रहरीको दाबी छ ।