दहेजका लागि श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेका श्रीमान् पक्राउ

जनकपुरधाम, ९ बैशाख । धनुषामा दहेजका लागि श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटनामा संलग्न युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका राजीव झा रहेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले घरेलु हिंसा मुद्दामा जाहेरीपरेपछि प्रहरीले पीडितको श्रीमानलाई पक्राउ गरेको जानकारी दिए ।
नयाँ वर्षका दिन गत बैशाख १ गते जनकपुरधाम–२० बस्ने २८ वर्षीया स्वेता झालाई श्रीमान राजिपसहित परिवारका अन्य सदस्यले दाइजोका लागि शरीरमा आलो लगाएर हत्या गर्ने प्रयास गरेका थिए ।
शरीरको ३५ प्रतिशत भाग जलेको स्वेताको उपचार अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।स्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्दा पनि दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’
नयाँ वर्षका दिन वैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले स्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको स्वेताको आरोप छ ।
राजिवको परिवारले आफूलाई मरनासन्न हुनेगरि कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको उनको दुःखेसो छ ।
घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी स्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् ।
घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् । त्यतिबेला आफ्नो बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाएकी छन् ।
स्वेताले विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको सुनाइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


