काठमाडौं, ८ बैशाख । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर उठाउन भनेको हो ।

मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएसँगै सिंहदरबारको फोहोर उठेको थिएन ।

त्यसकाविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।