सर्लाहीमा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु

सर्लाही, ८ बैशाख । सर्लाहीमा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।
ईश्वरपुर नगरपालिका–१५ बस्ने श्याम दासका १२ वर्षीय छोरा आशिषकुमार दासको आफ्नै घरको पंखाामा रहेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते बालकलाई गाउँकै एक क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जमा नुहाउनेक्रममा पोखरीमा डुबेर मामाघर आएकी एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा डुबेर सर्लाहीकै गोडैता नगरपालिका–६ बगदह बस्ने अमरेश पटेलकी ११ वर्षीया छोरी गुञ्जन पटेलको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


