नक्कली विवरण पेस गरी नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्षसहित ५ जना पक्राउ

बारा, ८ बैशाख । बारा प्रहरीले नक्कली विवरण पेस गरी वंशज नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष मोहम्मद साबिरसहित अन्य ५ जना रहेका छन् ।
नागरिकता लिइसकेका नक्कली बाबुछोरा र झुक्याएर लिने प्रयास गरेका अर्का नक्कली बाबुछोरा गरी ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको बारा प्रहरीले जनाएको छ ।
वडा नम्बर–१० मटिअर्वाका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पनि पक्राउ परेका छन् ।
रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएका थिए । गोप्य उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
वडाध्यक्ष साबिरलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


