दुई किलो कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं, ७ बैशाख । प्रहरीले झण्डै दुई किलो लागूऔषध कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक रवीन्द्रकुमार परासर र केन्याली नागरिक पिलिसिला वाङ्गा दिरितु रहेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई ठमेलको अलग अलग होटलबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार केन्याली नागरिक पिलिसिलाले भारतीय नागरिकलाई रवीन्द्रकुमारलाई १ किलो ८० ग्राम कोकिन दिएकी हुन् ।
उनीहरुबाट बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको एसपी जोशीले बताए । उनीहरुलाई लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


