सर्लाही, ६ बैशाख । सर्लाहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सर्लाही र रौतहटको सीमास्थित बागमती खोलाको पुलमुनी एक पुरुषको शव फेला परेको हो ।

बुधबार बिहान अन्दाजी ४० वर्षीय पुरुष पुलको तल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीले मृतक पुरुषको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।