जनकपुरधाम, ५ बैशाख । महोत्तरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरको जंगलमा बुधबार दिउँसो करिब साढे १२ बजेको समयमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।

रामनगरमा निर्माणाधिन अवस्थामा रहेको रेल्वे ट्रयाकको २ सय मिटर उत्तर गौशाला रोडबाट गौशाला जाने क्रममा मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम तर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनका २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजि अन्सु मण्डल रहेको डीएसपी गिरीले बताए ।

ठक्कर दिने बसका चालक फरार भएकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।