जनकपुरधाम–१६ कपिलेश्वरस्थित एक घरबाट १० लाखको चोरी

जनकपुरधाम, ६ बैशाख । जनकपुरधामको एक घरमा लाखौंको चोरी भएको छ ।
मंगलबार राति जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने सौखीलाल मण्डलको घरमा अज्ञात समूहले लाखौंको चोरी गरेको प्रहरीले जनाएको छ ।
मण्डलको घरको मेनगेटको ग्रिल/ढोकाको ताला तोडेर जिन्सी तथा नगद गरी करिब १० लाख बराबरको चोरी भएको बताइएको छ ।
मध्यरातमा १ लाख नगद, सुनको मंगलसुत्र २ थान, सुनको सिक्री एकभरको एक थान, सुनको औंठी २ थान, बच्चको हातको बलिया २ थान, सुनको बजरंग बली २ थान, चाँदीको पायल १५ भर र मोबाइललगायतका सामान चोरी भएको कपिलेश्वर प्रहरी चौकीले जानकारी दिएको छ ।
चोरीको घटना घटेपछि स्थानीय त्रसित भएका छन् । निरन्तर चोरी हुन थालेपछि सुरक्षा व्यवस्था बढाउन स्थानीयबासीले प्रशासनसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


