सर्लाहीमा फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

सर्लाही, ५ बैशाख । सर्लाही प्रहरीले लालबन्दी नगरपालिकाबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ ।
मंगलबार बिहान लालबन्दी नगरपालिका–७ स्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँबाट प्रहरीले नक्कली नोट बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजार दरका ५३० थान नक्कली नोट बरामद भएको जानकारी दिए ।
नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने प्रहरीले आशंका व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


