काठमाडौंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं, ४ बैशाख । काठमाडौंमा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप भएको छ ।
सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो ।
प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजपीडितका एक सदस्यले बताए । उनले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाएका छन् ।
उनले आफ्ना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरी राख्ने चेतावनी दिए ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।
प्रहरीले मिटरब्याजीपीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेर प्रहारसमेत गरेको प्रदर्शनकारीले बताए ।
सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर, उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


